छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारीको नवौ वार्षिक साधारणसभा सम्पन्न सबै पदमा निर्विरोध निर्वाचितः

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा.मीनबहादुर श्रेष्ठले म्याग्दी जिल्लाको समग्र विकासका निम्ती आफु चिन्तित भएकोे बताउनु भयो। म्याग्दीको समग्र विकासका लागि बजेटको चिन्ता नलिई कार्यान्वयन हुने योजना ल्याउन

आज काठमाडौंमा सम्पन्न म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को "नवौ वार्षिक साधारणसभा" लाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । सो अवसरमा उहाँले जिल्लाको समग्र विकास र विभिन्न किसिमका सामाजिक कार्यमा प्रत्यक्ष संलग्न भई समन्वयकारी भूमिका खेलेकोमा म्याग्दी सहकारीको प्रशंसा समेत गर्नु भयो। त्यसैगरी नेपालमा वायरले प्रविधिका अभियान्ता तथा राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख डा. महावीर पुनले विशेष अतिथिको आसनबाट बोल्दै सहकारीले मेरो अभियानलाई सफल बनाउनको लागि म्याग्दी सहकारीले दिएको आर्थिक सहयोगप्रति धन्यवाद दिदै, राज्यले अपार सम्भावना हुँदाहुँदै पनि विकासका कुनै पनि कार्य गर्न नसकेको कारण आफुले जनताको महादानबाट आविस्कार केन्द्रको थालनी गरेको बताउनु भयो। यो अभियानलाई सफल बनाए पछि यसको सम्पूर्ण स्वामित्व अन्ततः नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना रहेको बताउनु भयो। कार्यक्रममा लोक गायक खड््ग गर्बुजाद्धारा रचना,संगीत र स्वरमा निर्मित सहकारी स्वागत गीत प्रसारण गरियो भने राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महावीर पुनलाई रु एक लाख रुपैयाको चेक हस्तान्तरण गरियो। त्यसैगरी नियमितरुपमा एस एल सी परिक्षामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरियो भने संस्थामा बचत तथा ऋणमा उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरियो। कार्यक्रममा संस्थाकोतर्फबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मनोनीत हुनु भएकोमा प्रमुख अतिथि तथा डा.मीनबहादुर श्रेष्ठलाई बधाइ तथा शुभकामना पत्र प्रदान गर्नुका साथै जिल्लाको समग्र विकासप्रति विशेष ध्यान दिईयास्् भन्ने सन्देश सहित म्याग्दी जिल्लाको नक्सा प्रदान गरियो। बन्द सत्रमा संस्थाले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनहरु सर्वसम्मत तरिकाले पारित गर्दै, निर्वाचन समितिका संयोजक डा. ज्योती शेरचनले सबै पदमा निर्विरोध निर्वाचित भएको जानकारी गराउनु भयो । जस अनुसार अध्यक्षः थदेवी पुन,उपाध्यक्ष पदमा सुशिला शेरचन,कृष्णबहादुर के.सी.,थमबहादुर छन्त्याल, सचिवमा दीपबहादुर छन्त्याल,कोषाध्यक्षमा इन्द्रजीत छन्त्याल,सहसचिवमा लेपप्रसाद पुर्जा,सहकोषाध्यक्षमा छकप्रसाद शेरचन र सदस्यहरुमा केशबहादुर गौचन,धनलाल जैसी,गीताकुमारी रावल,धनबहादुर भुजेल,खीमबहादुर गुरुङ्ग र हर्कनारायण जुग्जाली रहेका छन भने लेखा समितिको संयोजकमा चित्रबहादुर पुन, सदस्यहरुमा टकबहादुर थापा र सुगन्ध सुवेदी रहेका छन््। नयाँ कार्यसमितिको घोषाणा संगै सल्लाहकारहरुमा पनि साविक कै डा.ज्योती शेरचन,शेरबहादुर बुुढाथोकी,दीनानाथ पौडेल,सोवित्र खड््का र खमबहादुर गर्बुजालाई मनोनयन गरिने जानकारी गराइएको थियो।