छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

News & Events

म्याग्दी सहकारीको एघारौ बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ , मंसिर ७ | आज एक समारोह बीच माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा ज्यूको प्रमुख आतिथ्यमा यस म्याग्दी वचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभाको उद्धघाटन गर्नुभयो | सुखी नेपाली,सम्बृद्ध नेपालको अभियानमा सरकारले काम गरेको बताउदै म्याग्दी सहकारीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सो प्नसंशागर्नुभयो | सो अबसरमा बिशेष अतिथिको रुपमा बोल्नु हुदै कामनपा १६ का वडाध्यक्ष् खेम तिवारीले यस वडा मा करीब २८० सहकारी क्रियाशील रहेको जानकारी गराउदै समन्वय गरी छिट्टै सहकारीको बिकासको लागि कार्य गर्ने बताउनु भयो |त्यसै गरि सो कार्यक्रममा बखान बहुदेश्यीय सहकारी कि आशा गुरुङ , नेशनल कोओपरेटिभ अलायन्सक अधक्ष्य डिल्लीराम तिवारी , धौलाश्री सहकारीका अध्क्षय याम श्रेष्ठ आदिले आफ्नो मन्तब्य राख्नु भएको थियो | गत बर्षको एसइईमा म्याग्दी जिल्लाबाट सर्बोत्क्रीष्ट हुने अमिषा परियारलाई नगद रु २५ हजार सहित सम्मानित गरियो साथै सोहि विधामा निश्चल जुग्जाली , अनुपम कटुवाल , आशिक आचार्य, अर्जुन परियारलाई नगद सहित सम्मान गरियो | यसै गरि गत बर्षको एसइईमा सेयर सदस्यका छोराछोरीलाई पनि सोहि अबसरमा पुरस्कृत एबं सम्मान गरियो | यस सहकारीले हालसम्म १४९१ जना सदस्य रहेको यस संस्थाले शेयर पुँजी ७ करोड , वचत ३३ करोड तथा जगेडा कोषको ३ करोड परिचालन गरि ३३ करोड कर्जा लगानी गरि कर योग्य मुनाफा १ करोड ५८ लाख गरेको छ | म्याग्दी जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्ने सम्पूर्ण म्याग्देलीबासीहरुको साझा पहिचानको रुपमा रहेको यस सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम एबं सहयोग गर्दै आएको छ | यसै अबसरमा आज प्रमुख आतिथि ज्यूबाट नेपालकै पहिलो सहकारी बखान सहकारीलाई राष्ट्रिय संग्रालयको रुपमा विकास गर्ने नेपाल सरकारको अभियानलाई सहयोग पुर्याउने हेतुले यस संस्थाको तर्फबाट रु १ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ | साथै सोही अबसरमा म्याग्दीका लोकप्रिय गायक गायिकालाई सम्मान गरिएको थियो | सो सभाको अध्क्षयता संस्थाकी अध्क्षय थदेबी पुनले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिब दीपबहादुर छन्त्यालले गर्नु भएको थियो | कार्यक्रमको अन्त्यमा विभिन्न झाकी सहितको परम्परागत नृत्य, सोरठी नाच एबं दोहारी गीत तथा नृत्य सहितको संस्कृतिक कार्यक्रम सहित कार्यक्रम सम्पन्न भयो |