छन् यहाँ जाति,धर्म,भाषा,संस्कृति थरिथरी ! हाम्रा लागि सबै सदस्य बराबरी !! म्याग्दी सहकारी परिवार। तीन खम्बे अर्थतन्त्रको धरोहर सहकारीः एक सहकारी एक उत्पादन विना, देशले समृद्धि प्राप्त गर्न सक्दैन । नववर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,संस्थाका शेयर सदस्य एवं कर्मचारी लगायत शुभेच्छुक महानुभावहरुमा सुख,शान्ति,समृद्धि एवम दीर्घायू तथा उत्तरोत्तर प्रगतिका लािग हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। : म्याग्दी सहकारी परिवार, गोंगबु, काठमाडौँ ।

News & Events

नयाँ कार्यसमिति चयन गर्दै : १२औं बार्षिक साधारणसभा सम्पन्न

यहि मिति २०७६ साल मंसिर २१ गते शनिबार यस म्याग्दी वचत तथा ऋण सहकारी संस्था लि. को १२औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्रीमती थदेवी पुन ज्यूको अध्यक्षतामा आयोजित समारोहको प्रमुख अतिथि महालेखा नियन्त्रक एवं भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्व सचिव श्री गोपीनाथ मैनाली ज्यूले उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथि महालेखा नियन्त्रक श्री गोपीनाथ मैनाली ज्यूले समारोहलाई सम्बोधन गर्दै आफूले सहकारी मन्त्रालय छाडे पनि सहकारी क्षेत्रसंग सम्बन्धित गतिविधि नछाडेको बताउनुभयो । सहकारी क्षेत्रले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले सहकारीमा वित्तीय सुशासन, पारदर्शीता र सम्पत्ति शुद्धीकरण निवारण निर्देशिका कार्यान्वयनमा जोड दिनुभयो । सहकारीले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएको उहाँको भनाई थियो । साधारणसभाले म्याग्दी सहकारीमा नयाँ संचालक समिति पनि निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले थदेवी पुनको अध्यक्षतामा १५ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी, थमबहादुर छन्त्याल र धनलाल जैशीलाई चयन हुनुभएको छ । यसैगरी समितिको सचिवमा दिपबहादुर छन्त्याल, कोषाध्यक्षमा इन्द्रजीत छन्त्याल, सहसचिवमा टकबहादुर थापा र सहकोषाध्यक्षमा छकप्रसाद शेरचन निर्वाचित हुनुभएको छ । समितिमा केशबहादुर गौचन, लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल र हर्कनारायण घर्तीमगर सदस्यमा चुनिनु भएको छ । त्यसैगरी सभाले चित्रबहादुर पुनको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति समेत चयन गरेको छ । समितिमा सुगन्ध सुबेदी र धनबहादुर छन्त्याल सदस्य हुनुहुन्छ । यसैगरी कार्यक्रममा बोल्दै नेपाल कोअपरेटर्स एलाइन्सका अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक श्री डिल्लीराम तिवारीले सहकारीले पैसा किन्ने र बेच्ने मात्र नभई उत्पादनशील क्षेत्रमा समेत लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सहकारी ऐन कानुनमा भएका सम्पूर्ण प्रावधान तुरुन्त अक्षरस लागू गर्न नसकिने विचार राख्दै सदस्यहरुलाई संस्थाका राम्रा/नराम्रा कामलाई केलाएर हेर्न सुझाव दिनुभयो । त्यस्तै साधारणसभामा शुभकामना मन्तव्य राख्दै धौलागिरि समूहका अध्यक्ष श्री श्याम श्रेष्ठले सहकारी सम्बन्धी ऐन कानुनमा धेरै अवरोध रहेकाले सहकारीलाई कामगर्न असहज भएको जिकीर गर्नुभयो । खराब काम गर्ने सीमित सहकारीलाई आधार मानेर कानुन बनाईएकाले समस्या आएको उहाँको तर्क थियो । संस्थाका सल्लाहकार डा. ज्योति शेरचनले सहकारीको साधारण सभालाई वार्षिक पर्बको रुपमा चित्रण गर्दै सदस्यहरुलाई संस्थाका गतिविधिको विश्लेषण गरेर जिज्ञाशा राख्नुका साथै आवश्यक सल्लाह समेत दिन सुझाव दिनुभयो । यसैगरी समारोहलाई सम्बोधन गर्दै सहकारी हकहित राष्ट्रिय समाजका उपाध्यक्ष श्री गोविन्द गिरीले सहकारी सम्बन्धी ऐन तथा नियमावलीमा अझैपनि धेरै अव्यवहारिक विषयहरु रहेकाले कार्यान्वयन गर्न अप्ठ्यारो पर्ने धारणा राख्नुभयो । उहाँले सदस्यहरुलाई संस्थाका गतिविधिप्रति प्रति चनाखो रहनुका साथै सक्रियरुपमा सहभागी हुन आग्रह गर्नुभयो । साधारणसभामा संचालक समितिको तर्फबाट प्रबन्धक श्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा ८ सय ६८ जना महिला र ७ सय ९२ जना पुरुष गरि १ हजार ६ सय ६० जना शेयर सदस्य रहेको जानकारी दिनुभयो ।साथै संस्थाले गत असार मसान्त सम्ममा संस्थाले शेयर पुँजी ७ करोड ५० रुपैयाँ, बचत संकलन ३९ करोड १८ लाख रुपैयाँ र कर्जा लगानी ३७ करोड १८ लाख रुपैयाँ रहेको बताउनुभयो । सोहि अवसर पारेर संस्थाले २०७५ सालको एसईई परीक्षामा म्याग्दी जिल्लाको सामुदायिक एबं संस्थागत बिद्ध्यालयबाट सर्बोत्कृस्ट हुने चारजना छात्र/छात्रा एबं शेयर सदस्यका छोराछोरीहरु मध्येबाट उत्कृत्ट जीपीए ल्याउने दुईजना विद्यार्थीलाई पुरस्कृत एबं सम्मानीत गरेको छ । शेयर सदस्य एबं लोकप्रिय लोकगायक श्री खड्ग गर्बुजाले सांगीतिक प्रस्तुति दिदै कार्यक्रमलाई थप मौलिक एबं आकर्षक बनाउनु भएको थियो । सो साधारणसभामा उपाध्यक्ष सुशिला शेरचनले स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव दिपबहादुर छन्त्यालले गर्नुभएको थियो । संस्थाले आगामी वर्ष वचत संकलन ४५ करोड एबं कर्जा लगानी ४४ करोड पुर्याउने लक्ष्य र कार्यक्रम पारित गर्दै १२औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।