सहकारीमा सुशासनः प्रविधि र एकिकरण ! ६७औं राष्ट्रिय सहकारी दिवस। ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमासम्पूर्ण शेयर सदस्य, कर्मचारी, सहकारीकर्मीहरु लगायत शुभेच्छुक महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं । : म्याग्दी सहकारी परिवार, गोंगबुचोक, काठमाडौँ ।
६५औं सहकारी दिवसको अवसरमा नयाँ एप्सबाट सेवा थालनी।

६५औं सहकारी दिवसको अवसरमा आज म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.गोंगबुले सदस्यहरुलाई प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आफनै एप्स मार्फत मोवाइल बैकिङ्ग सेवाको शुभारम्भ गरेको छ । संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार डा.ज्योति शेरचनले मोवाइल बैीकङ्ग सेवाको शुभारम्भ गर्नु भएको थियो । त्यसैगरी सो अवसरमा संस्थाका अध्यक्ष थदेवी पुनले केक काटेर ६५औं सहकारी दिवसको स्मरण गराउनु भएको थियो । साथ साथै संस्थाद्धारा नववर्ष २०७९ सालको वार्षिक क्यालेण्डरको समेत सामुहिकरुपमा सार्वजनिक गरिएको थियो । संस्थाले आजबाट शुभारम्भ गरेको नयाँ एप्सबाट सदस्यहरुले पानी, बिजुली,मोवाइल रिचार्ज,टिभी रिचार्ज,हवाइ टिकट,शेयर खरिद,रेमिटेन्स सेवा पाउनुका साथै आफनो खाताबाट अरु सदस्यलाई पठाउन सकिने छ भने मिनि व्यालेन्स स्टेटमेन्ट हेर्ने सुविधा उपलब्ध हुने छ ।